| सोमवार, कार्तिक २३, २०८३

मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिन माग

मानव अधिकारमा उल्लेख भएका अधिकारहरु कागजमा मात्र नभई कार्यान्वय पक्षमा पनि सरोकारवाला निकायले जोड दिनुपर्ने बताएका छन् । सोच नेपालको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा मानव अधिकार रिपोर्टिङ संयन्त्र र नागरिक समाजको भूमिका सम्बन्धी दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सहभागीले कानुनको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् ।

गण्डकी गाउँपालिका वडा ४ का रामबहादुर थापाले संविधानमा मानव अधिकार सम्बन्धी कानुन निर्माण भएता पनि व्यवहारमा कार्यान्वय नभएको बताए । जिल्लाका अधिकांश ठाउँमा कामदारहरुको श्रमिकहरु श्रम शोषण भइरहेको बताउँदै उनीहरुको समस्याप्रति सरोकारवालाको ध्यान पुग्न नसकेको समेत उनले बताए । मानव अधिकार सन्जाल गोरखाका संयोजक यदु अधिकारीले राज्य संविधानमा मौलिक हकहरुको व्यवस्था भएता पनि ती कानुनहरु व्यवहारमा कार्यान्वयन नभएको बताए ।

मानव अधिकार कार्यान्वयका लागि स्थानीय सरकारले व्यवहारिक खालका योजनाहरु निर्माण गरी कार्यान्वयन गर्नुपर्ने पद्धति विकास केन्द्रका प्रमुख कमला लामिछानेले बताइन् ।

कार्यक्रम बोल्ने अधिकांश वक्ताहरुले आम सर्वसाधारणमा मानव अधिकार सम्बन्धी शिक्षाको अभाव रहेकाले वडा स्तरमा मानव अधिकार शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्नुपर्ने बताए । कार्यक्रममा अधिवक्ता स्थानेश्वर दुवाडीले मानव अधिकारको संरक्षण, संवर्धन र परिपालनामा स्थानीय तहको भूमिका, कार्यान्वयनको अवस्था,स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

मानव अधिकार सञ्जाल गोरखाको संयोजक अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, नागरिक समाज लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्