| सोमवार, कार्तिक २३, २०८३

दार्चे सेवा समाजको अध्यक्षमा ढकाल

सहिद लखन गाउँपालिका वडा नं ६ मा रहेको दार्चे सेवा समाजको तेस्रो अधिवेशन तथा चौथौ साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनले भरत ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रेशम रेग्मी, उपाध्यक्षमा अर्जुन पौडेल, महिला उपाध्यक्ष, हिरा रेग्मी, सचिवमा जस्बिन रेग्मी, राजेन्द्र पोडैल, कोषाध्यक्षमा गणेश रेग्मी, सहसचिवमा राजकुमार रेग्मी चयन भएका छन् । समितिको सदस्यहरुमा विष्णु न्यौपाने, देवकी रेग्मी, सुजन न्यौपाने, विवेक ढकाल, राजेश रेग्मी, नारायण रेग्मी, गोपिलाल रेग्मी रहेका छन् ।

कार्यक्रमलाई वरिष्ठ संचारकर्मी नरहरी न्यौपानेले सहजीकरण गरेका थिए । कोभिड महामारीका समय लगायत अन्य बेलामा पनि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समाजले जनाएको छ ।

निर्वतमान अध्यक्ष सुरज रेग्मीको अध्यक्षतामा अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्