| सोमवार, कार्तिक २३, २०८३

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ५० हजार दिईने

गोरखामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिइने भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँबाट उक्त सहयोग दिन लागिएको हो ।

चालु वर्ष गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गएका प्रति परिवारलाई राहत स्वरुप रु ५० हजार दिने निर्णय गरेका थिए । गोरखामा कोरोना सक्रमणबाट जिल्ला भित्र ३४ जना, गोरखा घर भई बाहिर जिल्लामा ३६ जनाको मृत्यु भएको कार्यालयका ल्याप टेक्निीसिय नारायणबाबु अर्यालले बताए ।

गोरखा घर भई बाहिर जिल्लामा कोरोनाबाट ज्यान गुमाउने संख्या अझ बढ्न सक्ने समेत अर्यालले बताए । हाल ५० जनाका लागि २५ लाख रुपैया प्राप्त भएको बताउदै अपुग रकम प्रदेश सरकारसँग माग गर्ने कार्यालयले जनाएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको (डिसिसिएमसी) को वैठकले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत रकम दिने निर्णय गरेको हो । सोहि निर्णय अनुरुप प्रदेश सरकारबाट उपलब्ध गराईएको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको प्रजिअ आचार्यले बताए ।

कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने रकम अझै अपुग हुने भएकाले अपुक रकम स्वास्थ्य कार्यालय गोरखाले जनसंख्या मन्त्रालय गण्डकी प्रदेशमा माग गर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।

कोभिडबाट मृत्यु वरण गरेका नागरिकहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन कार्यालयबाट सूचना प्रकाशित गरिनेछ । सोहि अनुसार ज्यान गुमाएका परिवारले कोरोना संक्रमणको रिपोर्ट, अस्तालले उपलब्ध गराएको कोरोना कारण मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी सहित राहत रकम दावी गर्न पाउनेछन् ।

मृतकको नजिकको नातेदारको नागरिकताको प्रमाणपत्र, वैंक खाता चेकको प्रतिलिपी, मृतकसँगको नाता प्रमाण स्वास्थ्य कार्यालयमा बुझाउनुपर्छ । यसका लागि स्वास्थ्य कार्यालयले छिट्टै सुचना जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्