| सोमवार, कार्तिक २३, २०८३

गोरखाका नौ पालिकामा माओवादीको अधिवेशन टुङ्गियो

पालुङ्टारमा स्थगित, बारपाक सुलिकोटमा अध्यक्ष मात्रै चयन

नेकपा माओवादी केन्द्र गोरखाले नौवटा पालिकामा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा दुईवटामा भने नेतृत्व चयन हुन बाँकी रहेको माओवादी केन्द्र गोरखाले जनाएको छ ।

जस अनुसार गोरखा नगरपालिकाको अध्यक्षमा कृष्ण रानामगर चयन भएका छन् । शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट रानामगरको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपााध्यक्षमा राम बहादुर खड्का, चन्चला ज्ञवाली, मंगल बहादुर सार्की, सचिवमा हरी बहादुर खनाल, कोषाध्यक्षमा विनोद अर्याल र सहसचिवमा गोविन्द भट्टराई चयन भएको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र आरुघाट गाउँपालिकाको पालिका स्तरीय अधिवेशनबाट अध्यक्षमा विष्णु प्रकाश खड्का चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट खड्का अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा डिल बहादुर रोका, अमृता लामा, पार्वती सापकोटा, सचिवमा राजकुमारी ढकाल, कोषाध्यक्षमा गम बहादुर गुरुङ र सहसचिवमा कृष्ण बहादुर नेपाली चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र धार्चे गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा पुन ः लक्ष्मण गुरुङ चयन भएका छन् । शनिबार गाउँपालिका केन्द्र माछाखोला सम्पन्न अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय पालिका स्तरीय गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मिन बहाखदुर सुनार, धन कुमार गुरुङ, इन्द्रप्रसाद गुरुङ, सचिवमा सुर्य बहादुर गुरुङ, सहसचिव शरद गुरुङ र कोषाध्यक्ष प्रमिला घले चयन भएको गाउँ कमिटीले जनाएको छ । लक्ष्मण अध्यक्ष गुरुङको अध्यक्षता तथा पार्टीको गण्डकी प्रदेश समितिको सदस्य छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी धार्चे काठमाडौ सम्पर्क मंचका अध्यक्ष इमानसिं गुरुङ, जनता समाज पार्टी धार्चे गाउँपालिका अध्यक्ष विश्व गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

यस्तै, शहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापामगर चयन भएका छन् । कमिटीको उपाध्यक्षमा धुव्र प्रसाद अम्गाई, इन्दिरा तिवारी, कृष्ण प्रसाद अम्गाई, सचिवमा कृष्ण बाबु श्रेष्ठ, कोषाध्यक्षमा शेर बहादुर विक र सहसचिवमा भरत खनाल चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनी चयन भएका छन् । शनिबरा सम्पन्न अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा ५५ सदस्यीय पालिका स्तरीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा शारदा घिमिरे, उद्धव गुरुङ, लक्ष्मी रम्तेल चयन भएका छन् । सचिवमा धन बहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सचिवमा विनोद भण्डारी चयन भएको छन् ।

नेकपा माओवादी केन्द्र भिमेन थापा गाउँपालिकाको अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न पालिका स्तरीय अधिवेसनबाट पाण्डेको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ चयन भएका छन् । सचिवमा मदन कुमार शाक्य, कोषाध्यक्षमा विष्णु पाण्डे र सहसचिवमा कृष्ण बहादुर विक चयन भएका छन् ।

नेकपा माओवादी गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाईली चयन भएका छन् । शनिबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट रसाईलीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा मिलन मग्राती र दानसीं गुरुङ, सचिवमा तुलसी रेग्मी चयन भएका छन् । एक उपाध्यक्ष, कोषाध्यक्षमा र सहसचिवमाका लागि वैठक बसिरहेको नेकपा माआवादी केन्द्र गोरखाले जनाउको छ ।

माओवादी केन्द्र अजिरकोट गाउँपालिका अध्यक्षमा सनिल परियार चयन भएका छन् । उपाध्यक्षमा अनिता भुजेल, धन बहदुर गुरुङ, प्रदिप घले, सचिवमा प्रकाश अधिकारी, सहसचिव विष्णु भुजेल, कोषाध्यक्ष ब्रतलाल तामाङ चयन भएका छन् ।

त्यस्तै, चुमनुब्री गाउँ पार्टी कमिटीको अध्यक्षमा पुन ः कुमारी गुरुङ सर्वसम्मतले चयन भईन । शनिबार गाउँपालिका केन्द्र सिर्दिबासमा सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रामकुमार गुरुङ, चित्र बहादुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बल बहादुर गुरुङ, कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा, सहसचिवमा काजी घले चयन भएका छन् ।
यस्तै, लाक्पा डुण्डुप लामाको सयोजकत्वमा १७ सदस्यीय गाउँकमिटीको सल्लाहकार कमिटी गठन गरिएको छ । यस्तै, लक्ष्मण घलेको संयोजकत्वमा ५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । अधिवेशनको अवसरमा विभिन्न विभागका लागि जिम्मेवारी पनि तोकिएको छ । शिक्षा विभागको प्रमुखमा वीरबल घले, संगठन विभागको प्रमुखमा बल बहादुर गुरुङ, कृषि तथा पशुपंक्षाका प्रमुखमा छिरिङ लामा नुब्रीलाई जिम्मेवारी तोकिएको छ । यस्तै, जडिबुटी तथा वनपैदावार करसाङ लामा चुम्बा, संस्कृति÷पर्यटन विभागको प्रमुख लाक्पा डुण्डुप लामा, महिला विभागको प्रमुखमा लक्ष्मी गुरुङ, आर्थिक विभागको प्रमुखमा छिरिङ घ्युर्मे लामा चुम्बालाई पार्टीले जिम्मेवारी तोकिएको छ ।

गाउँपालिका अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला समन्वय समितिका सदस्य कृष्ण धिताल, प्रदेश कमिटी सदस्य निमा लामा लगायको उपस्थिति रहेको थियो । अधिवेशनकै अवसरमा पार्टीमा लामो समयदेखि योगदान गरेका कार्यकता तथा पूर्व लडाकुका परिवारलाई दोसल्लहा सहित खाता ओडाएर सम्मान गरिएको छ ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा नरबहादुर गुरुङ अध्यक्ष चयन भएका छन् । अन्य पदाधिकारीमा भने आकांक्षाी धेरै भएकालेअर्को वैठकले निर्णय गर्ने भनि टुङ्ग्याईएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्र पालुृङटार नगरपालिका आकांक्षीहरु धेरै भएकाले अधिवेशन स्थतिग भएको छ । नगर अध्यक्ष लगात अन्य पदमा आकांक्षी धेरै भएकाले तत्काल अधिवेशन स्थति गरिएको र केही दिनमा निर्णय हुने नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्