| सोमवार, कार्तिक २३, २०८३

नेकपा माओवादी केन्द्र चुमनुब्रीको अध्यक्षमा कुमारी गुरुङ

नेकपा माओवादी केन्द्र चुमनुब्री गाउँ पार्टी कमिटीको अध्यक्षमा कुमारी गुरुङ सर्वसम्मतले चयन भएकी छिन् ।

शनिबार गाउँपालिका केन्द्र सिर्दिबासमा सम्पन्न पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रामकुमार गुरुङ, चित्र बहादुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बल बहादुर गुरुङ, कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा, सहसचिवमा काजी घले चयन भएका छन् ।

No description available.


लाक्पा डुण्डुप लामाको सयोजकत्वमा १७ सदस्यीय गाउँकमिटीको सल्लाहकार कमिटी गठन गरिएको छ । यस्तै, लक्ष्मण घलेको संयोजकत्वमा ५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मंच गठन गरिएको छ ।

अधिवेशनको अवसरमा विभिन्न विभागका लागि जिम्मेवारी पनि तोकिएको छ । शिक्षा विभागको प्रमुखमा वीरबल घले, संगठन विभागको प्रमुखमा बल बहादुर गुरुङ, कृषि तथा पशुपंक्षाका प्रमुखमा छिरिङ लामा नुब्रीलाई जिम्मेवारी तोकिएको छ ।

No description available.

यस्तै, जडिबुटी तथा वनपैदावार करसाङ लामा चुम्बा, संस्कृति÷पर्यटन विभागको प्रमुख लाक्पा डुण्डुप लामा, महिला विभागको प्रमुखमा लक्ष्मी गुरुङ, आर्थिक विभागको प्रमुखमा छिरिङ घ्युर्मे लामा चुम्बालाई पार्टीले जिम्मेवारी तोकिएको छ ।

गाउँपालिका अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला समन्वय समितिका सदस्य कृष्ण धिताल, प्रदेश कमिटी सदस्य निमा लामा लगायको उपस्थिति रहेको थियो । अधिवेशनकै अवसरमा पार्टीका पुरानौ कार्यकता तथा पूर्व लडाकुका परिवारलाई दोसल्लहा सहित खाता ओडाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्