| सोमवार, कार्तिक २३, २०८३

नेपाल निवृत शिक्षक समाज गोरखाको अधिवेश सम्पन्न

नेपाल निवृत शिक्षक समाज गोरखाको आठौ साधारण सभा तथा १४ औ अधिवेशन सम्पन्न भएको छ । शनिबार गोरखा सदरमुकामको ओल्ड क्यापिटल मावि समाजको अधिवेसन सम्पन्न भएको हो ।


अधिवेशनले प्रेम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष बम बहादुर थापा, कपिलबाबु अर्याल, सचिवमा रामबाबु श्रेष्ठ, कोषाध्यक्षमा उमाकान्त देवकोटा, सहकोष पुष्पा खनाल चयन भएका छन् । समितिको सदस्यहरुमा बाबुराम कट्टेल, सरोज ढकाल, कृष्ण कुमार श्रेष्ठ, यदु विलास लामिछाने र छविलालजोशी रहेका छन् ।


समाजका सचिव रामबाबु श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा जीवन ज्योति कट्टेल, तुलसा मरहटा, योग बहादुर लामिछाने, गोर्बधन आचार्य, गेहेन्द्र राज विष्ट, प्रदिप ढकाल, उदय बहदर भट्ट, धुव भट्ट लगायतको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव रामबाबु श्रेष्ठ वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुर्णकुमारी वन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


८० वर्ष नाघेका शिक्षकहरु सम्मानित

अधिवेशनकै अवसरमा ८० वर्ष नाघेका जेष्ठ शिक्षकहरुलाई सम्मान गरिएको छ । सम्मानि हुनेहरुमा गोर्बधन आचार्य, ऋषिराम कोइराला, भिमप्रसाद कट्टेल, विष्णुहरी मरहटा, गोपालदत्त देवकोटा, सरस्वती श्रेष्ठ र हरीकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । लामो समय सम्म जिल्लाका विभिन्न विद्यालयमा रहेर शैक्षिक क्षेत्रमा योगदान पु¥याए बापत उनीहरु सम्मान गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिए ।

साथै उनीहरु शैक्षिक क्षेत्रमा पु¥याएका योगदानलाई सम्मान गर्दे उनीहरुको स्वास्थ्य लाभको काम समेत गरेका थिए ।समाजको अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता तथा नेपाल निवृत शिक्षक समाजको केन्द्रिय सदस्य चुणामण्ी शर्मा कडेलको प्रमुख आतिथ्यता र विशेष अतितिमा गोरखा नगरपापिलकाका मेयर राजनराज पन्त लगायत कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्