
गोरखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा सहित गोरखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । गोरखा सदरमुकाममा विहिबार विहान जिल्ला प्रशासन कार्यालय प्रांगणबाट ¥यालीसहित अभियान सुरुवात भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले व्यानर पढी कार्यक्रमको उद्घाटन गरेका थिए । अभियानको पहिलो दिन प्रशासन कार्यालयबाट हरमटारी, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदै पुनः प्रशासन कार्यालयमै पुगी ¥याली कोणसभामा परिणत भई कार्यक्रम समापन गरिएको थियो ।
¥यालीमा प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । ¥यालीका सहभागीहरुले लैङ्गिक हिंसा आजैबाट बन्द गरौँ, महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार, महिला रोकिए संसार रोकिन्छ, खुलेर बोलौँ, बिभेद रोकौँ, सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गरौँ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
मंसीर ९ गतेदेखि सुरु भएको अभियान २४ गतेसम्म चल्ने सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियारले बताए । उनका अनुसार मंसिर १० गते आरुघाटमा, १३ गते मस्र्याङदी बचत तथा ऋण सहकारी संस्थाको हलमा र १९ गते सिरानचोक गाउँपालिकामा अभियानको बारेमा जानकारी, अन्तरक्रिया र छलफल हुनेछ ।
त्यस्तै, १७ गते सामाजिक विकास कार्यालय गोरखामा अपांङगता भएका व्यक्तिहरुका लागि सामाग्री वितरण गरिने परियारले जानकारी दिए ।
सामाजिक विकास कार्यालय गोरखाको अगुवाई तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन तथा समन्वय समिति गोरखाको आयोजना कार्यक्रम भएको थियो ।




