
हिमालय माविका अध्यक्ष घलेले दिए उत्कृष्ट विद्यार्थीलाई रु ८० हजार
आफू अध्यक्ष रहेको विद्यालयबाट उत्कृष्ठ अंक ल्याएका विद्यार्थीलाई प्रोत्साहन गर्न बारपाकस्थित हिमालय माविका अध्यक्ष वीरबहादुर घलेले नगद पुरस्कारले सम्मान गरेका छन् । गतबर्ष एसईई र प्लस टु मा उत्कष्ट अंक ल्याउने छ जनालाई नगद सहित सम्मान गरिएको विद्यालयका प्रधानाधयपक जनीबहादुर घलेले बताए ।
२०७७ सालमा एसर्ईईमा ए प्लस ल्याउने तीन जनालाई प्रतिविद्यार्थी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घलेले आफ्नो निजी रकमबाट २० हजारको दरले ६० हजार र ए ल्याउने दुई जनालाई प्रतिविद्यार्थी १० हजारको दरले २० हजार गरी जम्मा ८० हजार रुपैयाँ वितरण गरेका प्रअ घलेले बताए ।
बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी घलेले व्यक्तिगत रुपमा उनीहरुलाई नगद वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा हौसला बढाउन, उनीहरुको पढाईलाई सघाउन घलेले व्यक्तिगत रुपमा उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको विद्यालयले जनाएको छ । त्यस्तै, २०७५÷०७६ मा प्लस टुमा उत्कृष्ट अंक ल्याउने एक जना छात्रलाई रु ८ हजार नगद सहित सम्मान गरिएको छ ।
उनलाई भने विद्यालय व्यवस्थापन कोषको रकमबाट उनलाई सम्मान गरिएको प्रधानाध्यापक घलेले जानकारी दिए ।




