दरौदी नदी किनारमा भेटियो एक महिलाको शव
गोरखाको दरौदी नदी किनारामा एक महिलाको शव फेला परेका छन । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव दरौँदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृतक तामाङ गत काक्तिक ३० गते घरबाट हराइएकी थिइन् । आफन्त र प्रहरीले खोजी गर्दा सोमबार गोरखा नगरपालिका १२ खत्रीबेसीस्थित दरौदीखोला किनारामा भेटिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
शरीर सबै गलेको र हट्टी मात्र रहेको अवस्थामा भेटिएको उनले बताए । तामाङ मानसिक रोगी रहेको र औषधी खाने गरेकी थिइन् । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




