| सोमवार, कार्तिक २३, २०८३

माओवादी केन्द्रको ८७ वटा वडाको अधिवेशन सकियो, ७ वटाको अझै बाँकी (सबै वडाअध्यक्षको सूचीसहित)


नेकपा माओवादी केन्द्र गोरखाले आइतबारसम्म ८८ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । पार्टीका पालिका संयोजकहरुका अनुसार बारपाक सुलिकोट गाउँपालिकाको २, आरुघाट गाउँपालिकाको २ र अजीरकोट गाउँपालिकाको २ वटा वडामा भने अझै टुंगो लागेको छैन ।


गोरखा नगरपालिकाको वडा नं. १ को अध्यक्षमा बिराज भट्टराई, २ मा राजु रोका, ३ मा राजी थापा, ४ मा रामबहादुर थापा, ५ मा सावित्री थापा, ६ मा भरतकुमार श्रेष्ठ र ७ को वडा अध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । त्यस्तै वडा नं. ८ को अध्यक्षमा लालप्रसाद श्रेष्ठ, ९ मा रणसिँह बस्नेत(भीमसेन), १० मा वुद्धदोङ तामा, ११ मा कृष्ण रेग्मी, १२ मा टोपबहादुर कुमाल, १३ मा मनोजचन्द्र खनाल र वडा नं. १४ को अध्यक्षमा गोपाल थापा चयन भएका कृष्ण रानाले जानकारी दिए ।


पालुङटार नगरपालिका वडा नं. १ को अध्यक्षमा गेमलाल श्रेष्ठ, २ मा कमल पोखरेल, ३ मा आरसी बोगटी, ४ मा जोनी सुनार र ५ को वडाअध्यक्षमा आशबहादुर तामाङ निर्विरोध चयन भएका छन् । त्यस्तै वडा नं. ६ को वडाअध्यक्षमा आइतमान तामाङ, ७ मा देवीलाल कुमाल, ८ मा अर्जुन खड्का, ९ मा चुडाबहादुर अधिकारी र वडा नं. १० मा बालकृष्ण देवकोटा सर्वसम्मत वडाअध्यक्ष भएका गुणराज देवकोटा(अजय)ले जानकारी दिएका छन् ।


गण्डकी गाउँपालिका वडा नं. १ को वडाअध्यक्षमा तोपमान गुरुङ, २ मा गामबहादुर थापा, ३ मा हरि पन्त, ४ मा राम कार्की, ५ मा होमबहादुर थापा, ६ मा जनकबहादुर चेपाङ, ७ मा शिव रेग्मी र ८ मा कोकिलबहादुर पुलामी वडाअध्यक्ष सर्वसम्मत चयन भएका अकुर तिमिल्सिनाले जानकारी दिए ।


शहीदलखन गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्षमा भीमबहादुर आले, २ मा शिवजी थापा, ३ मा कृष्ण थापा, ४ मा देवराज थापा र ५ मा यमबहादुर राना सर्वसम्मत वडाअध्यक्ष भएका छन् । त्यस्तै वडा नं. ६ मा अचल गुरुङ, ७ मा दीपक खनाल, ८ मा अमृत श्रेष्ठ र वडा नं. ९ का वडाअध्यक्षमा भूमिनन्द ढकाल निर्विरोध चयन भएका रमेश थापाले जानकारी दिए ।


भीमसेन थापा गाउँपालिका वडा नं. १ को अध्यक्षमा बालकृष्ण सुनार, २ मा दण्डपाणि लामिछाने, ३ मा गणेशबहादुर लामिछाने, ४ मा होमनाथ सिँखडा, ५ मा साधुराम श्रेष्ठ, ६ मा रनिल राना, ७ मा राम पाण्डे र ८ मा राम ढकाल सर्वसम्मत चयन भएका विनोद पाण्डेले जानकारी दिए ।


आरुघाट गाउँपालिकाको वडा नं. २ को वडाअध्यक्षमा अमरसिँह थापा, ३ मा केतप गुरुङ, ४ मा ठाकुर प्रसाद लामिछाने, ५ मा ताराबहादुर खड्का चयन भएका छन् । त्यस्तै वडा नं. ६ मा विष्णुप्रकाश खड्का, ७ मा सरस्वती बराम, ८ मा रमेश मिम्सिना । ९ मा दुर्गादेवी लामिछाने सर्वसम्मत वडाअध्यक्ष चयन भएका छन् । वडा नं. १ र १० को भने बाँकी रहेको ऋषिराम खनालले जानकारी दिए ।


धार्चे गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्षमा बिमान घले, २ मा अर्जुन गुरुङ, ३ मा रातमान गुरुङ, ४ मा किसान गुरुङ, ५ मा कर्णमाहिला गुरुङ, ६ मा जगसिङ घले र वडा नं. ७ को वडाअध्यक्षमा विरबहादुर गुरुङ(बिरु) सर्वसम्मत चयन भएका छमबहादुर गुरुङले जानकारी दिए ।


चुमनुब्री गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्षमा मिङमार लामा, २ मा छेवाङ ग्याल्जेन लामा, ३ मा गणेश गुरुङ, ४ मा छिरिङ छ्योतेल लामा, वडा नं. ६ मा लोप्साङ लामा र वडा नं. ७ मा पेम्बाछिरिङ लामा सर्वसम्मत चयन भएका कुमारी गुरुङले जानकारी दिइन् ।


बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्षमा रोशन विक, वडा नं. २ मा पूर्णबहादुर गुरुङ, ४ मा सुनेम गुरुङ, ५ मा शिव खड्का, ६ मा रेशमलाल श्रेष्ठ, ७ मा कृष्णप्रसाद अम्गाई सर्वसम्मत चयन भएका विष्णु भट्टले जानकारी दिए । वडा नं. ३ र ८ को भने सम्पन्न भइनसकेको उनले बताए ।


अजीरकोट गाउँपालिका वडा नं. २ को वडाअध्यक्षमा कृष्णबहादुर गुरुङ, वडा नं. ३ मा बाबुराम अधिकारी र वडा नं. ४ मा जयबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । वडा नं. १ र ५ को चयन गर्न बाँकी रहेको अनिता भुजेलले जानकारी दिइन् ।


सिरानचोक गाउँपालिका वडा नं. २ को वडाअध्यक्षमा दनबहादुर गुरुङ, ३ मा खेमराज अधिकारी, ४ मा युवराज पोखरेल, ५ मा रामचन्द्र पोखरेल, ६ मा वेदप्रसाद तिवारी, ७ मा कालीबहादुर खड्का र वडा नं. ८ को वडाअध्यक्षमा दीपक श्रेष्ठ सर्वसम्मत चयन भएका नवराज पुडासैनी(गुराँस)ले जानकारी दिए । वडा नं. १ को भने सोमबार मात्र अधिवेशन सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्