| सोमवार, कार्तिक २३, २०८३

सिरानचोकका उत्पीडित कुमाल समाज भवनका लागि रोकाद्धारा ४० हजारको कुर्सी सहयोग

गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ४ मा रहेको कुमाल समाज भवनका लागि कुर्सी सहयोग गरिएको छ ।

नेकपा एमालेको जिल्ला कमिटी सदस्य काजिराम रोकाले आफ्नो स्वर्गीय बुवा कृष्ण बहादुर रोकाको सम्झनामा उत्पीडित कुमाल समुदायको भवनका लागि कुर्सी सहयोग गरेका हुन् ।

नेकपा एमाले सिरानचोक गा्उँ कमिटीको अनुरोधमा रोकाले उत्पीडित समुदायलाई लक्षित गरेर कुर्सी हस्तात्रण गरिएको राष्ट्रिय युवा संघको केन्द्रिय कमिटी सदस्य तथा जिफन गोरखाको अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

शनिबार नेकपा एमाले सिरानचोक गाउँपालिका कमिटीको वैठकको अवसरमा रोकाले ४० हजार रकमबाट ५० पिस कुर्सी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अवसरमा नेकपा एमालेको दशौ महाधिवेशनका लागि छलफल भएको थियो ।

यहि मंसिर १० गते देखि १२ गते सम्म चितवनमा हुने दशौँ महाधिवेशनमा सिरानचोक गाउँपालिकाबाट पाँच सय भन्दा बढी कार्यकर्ता सहभागित हुने श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका कमिटीका सचिव ग्यानराज गुरुङले कार्यक्रमको सहजीकरण गरेका थिए ।

सिरानचोक गाउँपालिका कमिटीका अध्यक्ष विराज गुरुङको अध्यक्षता, जिल्ला कमिटी अध्यक्ष प्रेम गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश कमिटी सदस्य देवराज श्रेष्ठ लगायत पार्टीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्