
पर्यटन प्रर्वद्धन गर्न मनकामना देखि गोरखकाली सम्म पदयात्रा
पर्यटन प्रवद्र्धनको लागि गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली सम्म पदयात्रा गरिएको छ ।
रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लव अफ गोरखाको आयोजना तथा गोरखा नगरपालिका, शहिदलखन गाउँपालिका र मनकामना दर्शन प्रालिको सहयोगमा दुईदिने पदयात्रा शुक्रवारदेखि सुरु भएको हो ।

‘गोरखाको विकासमा पर्यटकको हात, पर्यटन प्रवद्र्धनमा रोटरी गोरखाको साथ’ भन्ने नारासहित पदयात्रा सुरु गरिएको पदयात्रा कार्यक्रमका संयोजक संगमबाबु श्रेष्ठले बताए । शुक्रबार विहान मनकामना मन्दिरमा कार्यक्रम उद्घाटन गरी पदयात्रा सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा, वडाअध्यक्षहरु, मन्दिर पुजारी र क्लवका सदस्यहरु सहभागि रहेको थियो ।

शुक्रबार विहान १० बजे मनकामनाबाट सुरु भएको पदयात्रा सिद्ध लखन थापा, बव्रmेश्वरी हुदै पहिलो दिन पदयात्रीहरु कोटथोकमा बास बसेका छन् । शनिबार कोटथोकबाट गोरखाकाली मन्दिरमा आएर पदयात्रा सकिनेछ । पदयात्रामा २२ जना सहभागिता रहेको र बाटोमा थपिने क्रम जारी रहेको उनले जानकारी दिए ।

अन्तराष्ट्रिय स्तरमा प्रसिद्ध मनकामना र गोरखा कालिका मन्दिरलाई जोड्ने गरी धार्मिक पर्यटन क्षेत्रको विकास गर्न र स्थानी होमस्टेहरुको प्रवद्र्धन गर्न पदयात्राले सहयोग पुग्ने अपेक्षा गरिएको रोटरी क्लवका अध्यक्ष बिसाल रानाले बताए ।





