
शुक्रबार र शनिबार बदलीसहित हल्का हिमपातको सम्भावना
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
शुक्रबार गण्डकी प्रदेश, सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका भू–भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार राती गण्डकी, सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका भू–भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन महशाखाले अनुरोध गरेको छ ।




