
जीपको ठक्करले १३ किलोमा एकको मृत्यु
गोरखा : गोरखा नगरपालिका १३ को सिमलगैरीमा जीपको ठक्करले एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार साँझ ८ बजे ग १ ज ६५९४ जीपले गोनपा १३ सिमलगैरी कै ४५ वर्षकी ज्ञानुलाय मगरलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । जीपको ठक्करले घाइते भएकी मगरको छिम्केस्वरी अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको अस्पतालाई उदृत गर्दै प्रहरीले जनाएको छ । सवारी र चालक नियन्त्रणमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।




