मुस्ताङमा भिषण हिम पहिरो, भागदौड हुँदा ११ जना घाइते
दरौदी : मुस्ताङमा भिषण हिम पहिरोका कारण भागदौड हुँदा ११ जना घाइते छन् । थासाङ गाउँपालिका–२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो जादा भागदौड मच्चिदा उनीहरु घाइते भएका हुन् ।
थासाङ–२ को पश्चिम दिशामा पर्ने धौलागिरी क्षेत्रको पानापाथी हिमालबाट आइतबार बिहान अकस्मात ठूलो आवाजसहित भीषण हिम पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
हिम पहिरोका कारण भएको भागदौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका ३ शिक्षक र शिक्षिका र ८ जना विद्यार्थी घाइते भएका छन् । घाइते शिक्षक र विद्यार्थी जोमसोम अस्पतालमा उपचार भइरहेको छ । हिम पहिरो गएपछि भएको भागदौडमा शिक्षक र विद्यार्थी खुट्टा, हात शरीरका विभिन्न अंगमा चोटपटक लाग्न पुगेको जोमसोम अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।
यस्तै,हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका कारण हिम पहिरो क्षेत्रका बासिन्दामा त्रास बढेको जानकारी दिए । प्रजिअ शर्माका अनुसार धौलागिरी क्षेत्रको पानापाथी हिमालबाट बिहान करिब ११ः ३० बजेतिर हिम पहिरो खसेको थियो ।
हिम पहिरोमा परी धौलागिरी क्षेत्रको मानापाथी हिमालको तल्लो भागमा दुईवटा चौरी गोठ हिम पहिरोले पुरिएको आशंका गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
‘हामी सो क्षेत्रको अवलोकनमा पुग्यो,चोरी गोठ भएको स्थानमा पुग्न सम्भव छैन, ुप्रजिअ पौडेल भने,‘बाइनाकुलर हेर्दा १० र १२ वटा मात्र याकचौरी देखिएको पाइयो, पुरिएको पनि हुनसक्छ ।’
हिम पहिरोको धक्बा नाउरिकोट गाउँ ,बोक्सी खोला नजिक बेनी–जोमसोम राजमार्ग र जनआदर्श माध्यमिक विद्यालय समेत आइपुगेको अस्पतालमा भर्ना भएका शिक्षक विरेन्द्र लामिछाने बताए।




