| सोमवार, कार्तिक २३, २०८३

नेकपा एमालेको १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन


१० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले गोरखाले १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
शनिबार गोरखा सदरमुकाममा सम्पन्न निर्वाचन प्रव्रिmयाबाट ३५ जना आकांक्षीहरुमध्यबाट १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन गरेको हो ।


दुई वटा संघीयत निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नंम्बर १ बाट खुल्ला तर्पm सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई, बिशाल थापा र महिलातर्पmबाट सम्झना देवकोटा, मिना बरामलाई सर्वसम्मत चयन भएका छन् ।


त्यस्तै, क्षेत्र नं २ बाट खुल्ला तर्पmबाट प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले, कमल दानी र महिला तर्फबाट पार्वती पाठक, रुपा पन्त चयन भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए । पार्र्टीको केन्द्रिय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएको अधिकारीले बताए ।


महाधिवेशनका लागि छनौटमा भएका १५ जना प्रतिनिधिमा शनिबार पार्टी कार्यालय प्रमाणपत्र सहित खाता लगाएका सम्मान गरेका थिए ।
यस्तै, गाोरखाका ११ स्थानीय तहमध्य चुमनुब्री बाहेक अन्य सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको एमाले पार्टी कार्यालय गोरखाले जनाएको छ ।

यहि मंसीर १० गते देखि १२ गतेसम्म चितवमा हुने १० औँ महाधिवेशनका लागि गोरखाबाट पाँचहजारभन्दा बढी कार्यकर्ता सहभागी हुने एमालेको केन्द्रीय सदस्य रामशरण बस्नेतले बताए ।

उनका अनुसार जिल्लाभर हाल एमालेको सातहजार छ सय ९० जना पार्टी सदस्य रहेका छन् ।


नेकपा एमाले गोरखा अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व भौतिक मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्