जनगणनामा सही तथ्याङ्क दिऔँ
अहिले जनगणना चलिरहेको छ । गोरखामा चार सय दुई जना गणक खटिएका छन् । ११ वटै पालिकामा जनगणना भईरहेको छ । हरेक १० वर्षमा सरकारले गर्ने जनगणनाले पालिका, जिल्ला, देशको समग्र पक्ष तथ्याङ्कमा झल्काउँछ । तर त्यसका लागि नागरिकले हरेक वर्ष फरक÷फरक विषय समेटेर जनगणनालाई सरकारले नयाँपन दिने प्रयास गरेको छ ।
जनगणनामा किन सहभागी हुने ? तथ्याङ्क दिएर के हुन्छ र ? भन्ने पनि कतिपयलाई लाग्न सक्छ । जनगणना राज्यले सञ्चालन गरेको एउटा अभियान हो । यसबाट आउने तथ्याङ्कले देश बिकासको योजना रणनीति बनाउन मद्धत गर्छ ।
यस्तै जिल्ला पालिका, वडा, टोल, समुदायको बस्तुस्थिती पनि जनगणनाले झल्काउँछ । धर्म, पहिचान संस्कृतीका लागि कयौँ धर्ना, आन्दोलन, ज्ञापन पत्र बुझाउने काम बिभिन्न जातजाती, भाषाभाषीले गर्ने गर्छन् । तर जगणना पनि आफ्नो पहिचान स्थापित गराउने, राज्यसम्म तथ्याङ्क पु¥याउने एउटा प्रमुख आधार हो ।
जनगणनामा सोधिएका हरेक प्रश्न राम्रोसँग बुझिने गरी गणकलाई बताउनुपर्छ । यसले हरेक मानिस र परिवारको बिवरण स्पष्ट खुल्छ । हामीले तथ्यमा आधारित भएर बिवरण दिएको खण्डमा सोही अनुसार तथ्याङ्क आउँछ । अहिले तथ्याङ्क दिँन बेवास्था गर्ने र पछि आफ्नो मुद्धा, माग, पहिचान खोज्ने प्रवृत्ती ठिक होईन ।
गोरखाको चुमनुब्री बासीले जाती र भाषमा आफ्नो पहिचान दिने योजना बनाएका छन् । सोही अनुसार गणकहरुले बिवरण उल्लेख गर्छन । त्यसले गोरखाका जातजाती सँगै चुमनुब्रीको पहिचान थपिनेछ । यसका लागि त्यहाँका अगुवा एकमेठ भएर लागेका छन् । गणक पनि स्थानीय नै छन् । यस अघि त्यहाँको भाष र जाती समेटिएको थिएन ।
यसले पहिचालन झल्कनेमा स्थानीय आशाबादी छन् ।
यो एउटा उदाहारण मात्र हो । जनगणनामा यस्ता धेरै विषय र पक्षहरु जोडिन्छ । त्यसैले सहि तथ्याङ्क दिन सबै तयार हुनुपर्छ । राज्यले अरबौँ लगानी गरेर जनगणना गर्नुको अर्थ देशको आर्थिक, सामाजिक, संस्कृतीक लगायत बिविध पक्षको संरक्षण, सुधार र बिकासको रणनीति बनाउनका लागि हो । जनगणनालाई सबैले सहयोग गरौँ ।
गाउँगाउँ




