| सोमवार, कार्तिक २३, २०८३

बारपाक सुलिकोटका कर्मचारीमाथि कुटपिट, गाडी तोडफोड

बारपाक सुलिकोट गाउँपालिका कर्मचारी माथि कुटपिट भएको छ । बुधबार राती गोरखा सदरमुकामको पेट्रोल पम्ममा तेल भर्दै गरेका बेला गाडीमा सवार चार जनालाई नचिनेका युवाहरुले कर्मचारी र चालक माथि आव्रmमण गरेको बारपाकसुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पनेरुले बताए । गाउँपालिकाले भाडाामा लिएको ग १ ज ६४४६ नम्बरको जीप गाडीमा तोडफोड भएको छ ।

‘गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको गाडीमा कर्मचारी साथीहरु पनि चढेका थिए, राती ९ बजे तिर पेट्रोल पम्पमा तेल हाल्दै गर्दा एक्कासी आव्रmमण भएछ’ प्रशासकीय अधिकृत पनेरुले भने । दुई वटा मोटरसाइकलमा आएका ४÷५ जनाको समूहले आव्रmमण गरेको उनले बताए । आव्रmमणबाट जीपमा सवार गाउँपालिका पशु सेवा शाखाका अधिकृत अमृत पोखरेल, कृषि शाखाका विनोद विश्वकर्मा, पशु शाखाका कर्मचारी कसम भट्ट र चालक विष्णु थापा घाइते भएका छन् ।

उनका अनुसार पोखरेल, विश्वकमा र थापा थप उपचारका लागि बुधबार राती नैै गोरखा अस्पतालबाट भरतपुर अस्पताल लगिएको छ ।
गाउँपालिकाका कर्मचारीले कुखुराको चल्ला वितरण गर्न ल्याउदै गर्दा नचिन्ने युवा समूहले आव्रmमण गरेको थियो ।

घटनाका संलग्नलाई कारवाहीका लागि गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय उजुरी दिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले गोरखाका डिएसपी प्रकाश दाहालले घटनाको छानविन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्