
सञ्चारकर्मी गुरुङद्धारा चेपाङ बालवालिका पढ्ने तोमनडाँडा विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना
सञ्चारकर्मी देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने हेतुले गाउँकै तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेका हुन् । उनी इच्छाकामना न्युज डटकमका सम्पादक पनि हुन् ।
उनले मंगलवार विद्यालयमै आयोजित एक कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङको रोहवरमा प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई अक्षयकोषको रकम हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा उनले मानिसको जीवनमा परिवर्तन र प्रगतीको लागि शिक्षा महत्वपूर्ण रहेकोले विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्न कोषको स्थापना गरेको बताए ।

‘अहिले ५० हजार रुपैयाँको कोष स्थापना गरेको भएपनि कोषलाई वृद्वि गरि १ लाखसम्म पु¥याउनेछु’ उनले भने । यस्तै आफ्ना वुवा, हजुरवुवाहरु अशिक्षित रहदा रहदै पनि उहाँहरुले शिक्षा प्रति मोह र लगाव देखाउदै आफुहरुलाई उच्च शिक्षा दिएकोले स्वर्गीय हजुरवुवाको सम्मानमा कोष स्थापना गरेको पनि उनले बताए ।
‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन, यहाँका स्थानीय विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सघाउ पु¥याउने कार्य गरेकोमा हामी अत्यन्त खुशी छौं’ रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जिबन गुरुङले भने । विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर चेपाङले अक्षयकोष स्थापनाका दातालाई धन्यवाद दिदै अक्षयकोषको आम्दानीलाई विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँगको छलफलबाट कार्यविद्यि बनाई विपन्न विद्यार्थीको शिक्षामा खर्च गरिने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।




