| सोमवार, कार्तिक २३, २०८३

नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा गोरखाबाट १८ जना चयन

नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा गोरखाबाट १८ जना चयन भएका छन् । प्रदेश कमिटीको मंगलबार सम्पन्न वैठकले यहाँका १८ जनालाई प्रदेश कमिटीमा चयन गरिएको हो ।

छनौट हुनेहरुमा देवराज श्रेष्ठ, कमल दानी, पम्फा खत्री, विपिन मल्ल, सुवास अधिकारी, कृष्णबाबु कुँवर, बुद्धिप्रासद दवाडी, कुलबहादुर गुरुङ र भिम बहादुर धमला रहेका छन् ।

यस्तै, नानीमाया थापा, ओमबहादुर बराकोटी, टिका नारायण श्रेष्ठ, कृष्णप्रसाद काप्री, हरि भट्ट, दिनेश तमू, सुरेन्द्र विक, राजु रानामगर र गोपाल पाण्डे प्रदेश कमिटीमा चयन भएको नेकपा एमाले गोरखाले जनाएको छ ।

यस्तै, नेकपा एमाले गण्डकी प्रदेश कमिटीलाई जेठ २ अघिकै अवस्थाबाट व्रिmयाशील गराउने निर्णण बैठकमा भएको छ । जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको वैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पुरानो संरचना ब्युँताउने घोषणा गरेपछि उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन् । अब एमाले गण्डकीको संयोजक किरण गुरुङ र सचिव जगत विश्वकर्मा भएका छन् । मंगलबार सम्पन्न वैठकले तीन सय जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्