| सोमवार, कार्तिक २३, २०८३

तिहारले सबैमा उज्यालो दियोस्

हिन्दू नेपालीहरुको घरआँगन तिहारमय बनेको छ । तिहार धार्मिक भन्दा सांस्कृतिक पर्व हो । यो पर्वलाई विशेषगरी फूलहरुको पर्व भनिन्छ । अनि उज्यालोको पर्व भनेर पनि कहिन्छ । कसैले सेल रोटीको पर्व पनि भन्छन् ।


मानव मात्रको नभै काग, कुकुर, गाई, गोरुलाई समेत पुजेर मनाउने यो पर्व इतरमानवमा समेत विकेन्द्रित छ । त्यति मात्र नभै तिहारमा देउसीभैलो खेलेर रमाइलो गर्ने गरिन्छ । तिहारको विशेष रमाइलो भनेको नै दाजुभाइले दिदीबहिनी र दिदीबहिनीले दाजुभाइलाई टीकामाला लगाएर रमाइलो गर्ने हो । त्यस्तै दीपावली तिहारको अर्को महत्वपूर्ण इभेण्ट हो ।


तीनदिनको अवधिमा मनाए पनि तिहारमा धेरै इभेण्टहरु हुन्छन् । त्यसैले तिहार विशेष हर्षाेल्लासका साथ मनाइन्छ ।
जुनसुकै कुराको पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छ । तिहारको पनि नकारात्मक पक्ष छ । यो बेला जुवातास खेलेर मान्छेहरु टाट पल्टने वा मालामाल हुने गर्छन् । घर परिबार सबको पर्वाह नगरी अघोर जुवा खेलेर मान्छेहरु कतिपय तन्नम भएर निस्कन्छन् । त्यसैले जुवातास मानव जीवन जगतमा दण्डनीय छ ।


त्यस्तै यो बेला हर्ष बढाइँ गर्ने नाउँमा पटाका, आतसवाजी पड्काउने चलन छ । यसले वातावरण प्रदुषणका साथै समाज, समुदायमा आतंक सिर्जना गर्छ । शक्तिशाली पटका, आतसवाजीले मान्छेको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । त्यसैले यो पनि दण्डनीय छ ।
यी दुई बिकृतिबाहेक तिहार उल्लासमय नै छ । यसमा निहित विकृति, विसंगतिलाई हटाई सुसँस्कृत रुपमा मनाउनु पर्छ । रमाइलोका नाममा अधिक रमाइलो गर्दा हुने हानीलाई मनन गरी संयमित भई मनाउनु पर्छ ।


तिहारको उपलक्ष्यमा हाम्रा आम पाठक, विज्ञापनदाता, लेखक, सहयोगी, शुभेच्छुक सबैमा शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्