| सोमवार, कार्तिक २३, २०८३

असल छिमेकी नेपालद्वारा अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग

असल छिमेकी नेपाल पोखराले अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नेत्रहीन संघ गोरखाको आह्वान र गोरखा नगरपालिकाको समन्वयमा प्रतिपरिवार दुई हजार चार सय ८२ रुपैयाँ बरावरको सहयोग गरिएको संस्थाका बरिष्ठ अधिकृत दिनेश केशीले बताए ।


चाडपर्वको बेला अपाङ्गता भएका जेष्ठ नागरिकको खुशीका लागि भन्दै संस्थाले दैनिक गुजारा गर्न पनि कठिन भएका परिवारलाई लक्षित गरी कार्यक्रम गरेको जनाएको छ । प्रतिपरिवार २५ किलो चामल, दाल ३ किलो, क्वाँटी १ किलो, नून १ किलो, तेल २ लिटर बितरण गरिएको थियो ।


सोमवार भएको उक्त कार्यक्रममा असल छिमेकी नेपालका पूर्व कोषाध्यक्ष पूर्णलाल कायस्थ, कार्यकारी निर्देशक राजु अधिकारी, बरिष्ठ अधिकृत दिनेश केसी, परियोजना अधिकृत सुरेन्द्र दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्