| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुलमा एकलाख नगदसहित १५ जना जुवाडे पक्राउ

तिहार नजिकिँदै गर्दा जुवाडेहरु पक्राउ पर्न थालेका छन् ।
प्रहरी प्रशासनको पर्वाह नगरी जुवा खेलिरहेका १५ जना जुवाडेलाई तनहूँको प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आबुखैरेनी गाउँ पालिका–१ समस्तीपुलथित क्विन वि रेष्टुरेन्टमा आइतबार दिउँसो कौडा खेलिरहेको अवस्थामा १५ जुवाडे पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालयले पाएको गोप्य सूचनाको आधारमाा रेष्टुरेन्टमा छापा मार्दा १५ जना जुवाडे ठूलो धनराशीसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, बिनय गुरुङ, देवेन्द्र सेढाईं, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ र खड्काबहादुर गुरुङ रहेका प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।


उनले भने, ‘उनीहरुबाट एक लाख १३ हजार नगद र १६ थान कौडा बरामद गरिएको छ ।’
पक्राउ परेकाविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्