| सोमवार, कार्तिक २३, २०८३

गोनपाद्वारा सामाजिक सुरक्षा भत्ता र घटना दर्ता बारे अभिमुखिकरण

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र घटना दर्तालाई प्रभावकारी बनाउन भन्दै सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम गरेको छ ।
शनिवार वडा सचिवहरुलाई, आईतवार वडा सचिव र बैंक, बित्तिय संस्थाका कर्मचारी सँग अन्तक्रिया कार्यक्रम गरिएको सामाजिक बिकास शाखाकी शोभा दवाडीले बताईन ।


जन्म, मृत्यू लगायतका घटना दर्ता गर्दा कर्मचारी, जनप्रतिनिधिले ध्यान दिनुपर्ने कुरा, नियम कानुनका बारेमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागकी अधिकृत सावित्रा बस्नेतले जानकारी गराएकी थिईन् । साथै वडा अध्यक्षहरु र कर्मचारीहरुले आईपर्ने ब्यवाहारिक समस्याका बारेमा जानकारी गराएका थिए ।

उक्त समस्याको समाधानको बारेमा पनि छलफल भएको थियो ।
बैंक तथा बित्तिय संस्थाहरुलाई राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताको रकम कसरी सहज रुपमा उपलब्ध गराउने भन्ने बारेमा जानकारी दिइएको थियो ।

बिभागका एमआईएस् टिम लिडर इन्जिनियर निर्मलकुमार शर्माले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने तरिका, समय, बैंकको दायित्व, जनप्रतिनिधिको भुमिका लगायतका बारेमा जानकारी गराएका थिए ।


गोरखा नगरपालिकाले गत वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्दै आएको छ । ‘ब्यक्तिगत घटना दर्ता प्रक्रियालाई प्रभावकारी बनाउन, अनलाई दर्तागर्ने प्रविधीको बारेमा सिकाउन, र नयाँ बनेको कानुनको बारेमा जानकारी दिन पनि यो कार्यक्रम गरेका हौँ’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने ।

सामाजिक सुरक्षा भत्ता बितरण पदरर्शी रुपमा गर्न गराउन बैंक मार्फत बितरण गरिएको तर सेवा लिन सहज नभएको भन्ने लाभग्राहीको गुनासो आएकाले सजिलो बनाउन बैंकसँग अन्तक्रिया गरिएको उनले बताए । ‘केही हद सम्म सेवा सहज हुने अपेक्षा नगरपालिकाको छ’ उनले भने ।


उक्त कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने बैंकहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्