| सोमवार, कार्तिक २३, २०८३

गोरखाका १० स्थानीय तहको वर्षिक समिक्षा

गोरखाका १० वटा स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रम भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आईतवार देखि जिसस हलमा सुरु भएको वार्षिक समिक्षा कार्यक्रममा गोरखा नगरपालिका बाहेक अन्य पालिकाको समिक्षा भएको हो । गोरखा नगरपालिकाको समिक्षा सोमवार हुने जिससले समिक्षा कार्यक्रमको सहजिकरण गरेका तुलसीराज धितालले बताए ।


भु संरक्षण कार्यालय, जिल्ला समन्वय समितिको वार्षिक समिक्षा आईतवार भएको छ । समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, संघ र प्रदेश कार्यालयका प्रमुखहरु लगायतको उपस्थिती रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सांसद हरिराज अधिकारीले संघियता बलियो बनाउने तरिकाबाट काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई अनुरोध गरे । ‘आर्थिक समिक्षा मात्र भयो सामाजिक, बतावरण, संस्थागत बिकास सबैको समिक्षा गर्न सकेको भए राम्रो हुन्थ्यो’ उनले भने ।


कार्यक्रममा सांसद लेखबहादुर थापा, प्रकाशचन्द्र दवाडी, जिसस उपप्रमुख जानुकार अधिकारी लगायतले धारणा राखेका थिए । समिक्षामा कार्यालयले २०७७/७८ मा गरेका काम, प्रगती बिवरण, कार्यक्रम, योजना, खर्चको अवस्था र समस्याका बारेमा प्रमुख प्रशासकिय अधिकृतहरुले जानकारी गराएका थिए ।

सोमवार अन्य कार्यालय र संघ संस्थाको समिक्षा कार्यक्रम हुने जिसस गोरखाका तुलसीराज धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्