
गोरखा नगरपालिकाभित्र पाँच हजार भन्दाबढिलाई सामाजिक सुरक्षा भत्ता
गोरखा नगरपालिकाले पाँच हजार पाँच सय ४६ जनालाई चालु आर्थिक वर्षको साउन, भदौ, असोज तीन महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । तीन महिनाको भत्ताबापत चार करोड ८९ लाख २९ हजार एक सय ७९ रुपैयाँ बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
नगरपालिकाले पाँच हजार पाँच सय ४६ जनालाई चालु आर्थिक वर्षको साउन, भदौ, असोज तीन महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो । पाँच हजार पाँच सय ४६ जनालाई चार करोड ८९ लाख २९ हजार एक सय ७९ रुपैयाँ बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए । ‘गोरखा नगरपालिकामा सामाजिक सुरक्षा भत्ताबापत मात्र वार्षिक करिब २० करोड रुपैयाँ बितरण हुन्छ’, उनले भने, ‘गतवर्ष हरेक चार चार महिनामा सामाजिक सुरक्षा भत्ता दिईन्थ्यो तर अहिले हरेक तीन÷तीन महिनामा वर्षमा चार पटक दिन सुरु गरिएको छ ।’
सबैभन्दा धेरै जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा रकम खर्च हुने गरेको छ । दुई हजार पाँच सय ४४ जना जेष्ठ नागरिक, पाँच सय ८८ जना जेष्ठ दलित नागरिक, एकल महिला जेष्ठ नागरिक पाँच सय १८ जना रहेका छन् । यस्तै विधवा आर्थिक सहायता लिने छ सय ४३ जना रहेका छन् । सामाजिक सुरक्षा भत्ता लिने ‘क’ बर्गको अपाङ्ता भएका एक सय ६० जना, ‘ख’ बर्गको दुई सय ७० जना छन् । दलित विद्यार्थी आठ सय १२ जना रहेको गोरखा नगरपालिका सामाजिक बिकास शाखाकी शोभा दवाडीले बताईन् ।




