तीनदिनसम्म मौसम सफा नहुने
दरौँदी : आगामि तीनदिनसम्म मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार जारी विज्ञप्तिमा महाशाखाले हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहने जनाएको छ ।
बिहिबार राती देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाइएको छ । त्यस्तै शुक्रबार दिउसो देशको पहाडी भुभागमा आंशिक बदली रही वाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भु(भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार राती देशको पहाडी भु(भागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशको पहाडी भुभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भु(भागका एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।




