| सोमवार, कार्तिक २३, २०८३

नेकपा एमालेको शहीद लखन गाउँपालिका अध्यक्षमा मनोज जोशी


नेकपा एमालेको मनकामना गाउँ पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् ।

बिहिबार पम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ ।


कमिटीको उपाध्यक्षमा लुना थापा, सचिवमा गणेश लम्साल र उसचिवद्वयमा भोजबहादुर थापा र प्रसान्त थापा सर्वसम्मत चयन भएका पार्टीको जिल्ला नेता कमल दानीले जानकारी दिए ।


मनकामनामा सम्पन्न पार्टीको गाउँ अधिवेशनमा केन्द्रीय सदस्य रामशरण बस्नेत, प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा, कृष्ण देवकोटा, जिल्ला कमिटीका सचिव कृष्ण नेपाली, सम्पर्क समन्वय कमिटीका सदस्य कमल दानी, प्रदेश कमिटीका सल्लाकार विपिन मल्ललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्