
श्रृजनशील सहकारीद्वारा जेष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ को श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । २२ औँ साधारण सभा एवं १२ औँ अधिवेशनका क्रममा शनिवार ३३ जना जेष्ठ नागरिकलाई जनही एक÷एक हजारको दरले बितरण गरिएको शहकारीका अध्यक्ष विश्वजंग थापाले बताए ।
‘यो वर्षबाट हामीले एकल महिलालाई पनि वार्षिक पाँच सयका दरले दिनेछौँ’ उनले भने ‘सहकारीमा आवद्ध भएका शेयर सदस्यहरुले यो सुविधा पाउँछन् ।’
२०५२ सालमा स्थापना भएको यो सहकारीमा अहिले १४ सय १७ जना आवद्ध छन् । सहकारीको पूँजी १० करोड ७६ लाख ४२ हजार सात सय ३९ रहेको छ भने कुल शेयर पुँजी एक करोड सात लाख ९९ हजार नौ सय रहेको सहकारीका ब्यवस्थापक परशुराम श्रेष्ठले बताए ।
सहकारीले छात्रवृत्ती प्रदान, जेष्ठ सदस्य, असल ऋषि सम्मान कार्यक्रम पनि गर्दै आएको छ । सदस्यको मृत्यू भएमा समवेदना सहयोग स्वरुप ३० हजार दिने, जेष्ठ सदस्य र बाल सदस्यको हकमा पाँच÷पाँच हजार दिईने नीति सहकारीको छ । ‘प्रसुती सहयोग स्वरुप सदस्यहरुलाई दुई हजार पनि दिने गरेका छौँ’ ब्यवस्थापक श्रेष्ठले भने । आकस्मिक उपचारका लागि २० हजार दिने ब्यवस्था रहेको छ ।
शनिवार भएको अधिवेशनले पुन विश्वजंग थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भरत श्रेष्ठ, सरिता भट्ट, सचिव ऋषि भट्ट, कोषाध्यक्ष अमृत भट्ट र सह सचिव बलराम भट्ट चयन भएका छन् । समिति सदस्यहरुमा भक्तबहादुर श्रेष्ठ, अनिल दरै, मिलन श्रेष्ठ, राजु थापा, कोपिला पौडेल खनाल रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक अर्जुन भट्ट, सदस्यहरु भिमसेन कुमाल र रामकुमार श्रेष्ठ रहेका छन् ।
संस्थाका अध्यक्ष विश्जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा भीमसेन थापा गाउँपालिका ८ का वडा अध्यक्ष बासु थापाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठ, वडा सदस्य मालती ढकाल,उद्यमशिल कृषि सहकारी उपाध्यक्ष रामेश्वर तिमल्सिना, भिमकुल साकोसका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रमुख सल्हाकार एवं पूर्व अध्यक्ष मुक्तिनाथ ढकाल, एलआईसी बिमा कम्पनी गोरखा शाखाका प्रमख सुरज प्र्रताप शाह लगायतले धारणा राखेका थिए ।




