
नेकपा एमाले गोरखाको वडा अधिवेशन सम्पन्न (को को भए वडाअध्यक्षहरु सूचीसहित)
१० औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले शनिबार गोरखा जिल्लाभर वडा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीका नेता सम्झना देवकोटाका अनुसार वडा अधिवेशनले गोरखा नगरपालिकाको वडा नं. १ मा कुमार बानियाँ, २ मा होमबहादुर अधिकारी, ३ मा हरि राम थापा, ४ मा तेजजंग थापा, ५ मा होमबहादुर थापा मगर, ६ मा तुला दानी, ७ मा हरि पन्त, ८ मा भरत कट्टेल, ९ मा भुवनसिँह बस्नेत, १० मा भूरमण घिमिरे, ११ मा भुवन बयलकोटी, १३ मा विष्णुहरि खनाल र १४ मा पदमबहादुर खड्काको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
पालुङ्टार नगरपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. २ मा प्रदीप ढकाल, ३ मा श्रीकृष्ण गिरी, ४ मा नारायण श्रेष्ठ, ५ मा कृष्ण खनाल, ६ मा नवराज श्रेष्ठ, ८ मा कृष्णराज पाठक, ९ मा रामबहादुर अधिकारी, १० मा हरिप्रसाद भट्टको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
सिरानचोक गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. ४ मा गोकुल कुमाल, ५ मा थानेश्वर लामिछाने, ६ मा बाबु राम बोगटीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
आरुघाट गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ मा सिंह बहादुर गुरुङ, २ मा कर्णबहादुर घले, ३ मा लालबहादुर सिवाकोटी, ४ मा विशाल लामिछाने, ५ मा सोमबहादुर गुरुङ, ६ मा राजिव गुरुङ, ९ मा उत्तम कुमार श्रेष्ठको अध्यक्षतामा वडा कमिटि गठन गरेको छ ।
गण्डकी गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ मा राम बहादुर आले, २ मा गुन्जमान श्रेष्ठ, ३ मा शोभा पन्त, ४ मा राजु भण्डारी, ७ मा कृष्णप्रसाद रेग्मी र वडा नं. ८ मा लालबहादुर बिसुरालको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।
भीमसेनथापा गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ को योगेन्द्र भट्ट, २ मा लालप्रसाद भट्ट, ३ मा मेघनाथ बञ्जरा, ४ मा सुरेन्द्र तामाङ, ५ मा हरि बगाले, ६ मा कालिका पाण्डे, ८ मा बलराम भट्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।
शहीदलखन गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ मा प्रेम गुरुङ, ५ मा राजन थापा मगर, ६ मा हरि धमला, ७ मा अर्जुन श्रेष्ठ र ९ मा राजेशबाबु थापाको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
धार्चे गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ मा सानुकान्छा गुरुङ, २ मा सेना गुरुङ, ३ मा शेरबहादुर गुरुङ, ४ मा तुलबहादुर गुरुङ, ५ मा सुमन गुरुङ, ६ मा दमै घले र ७ मा रामबहादुर गुरुङको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।

अजीरकोट गाउँपालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ को ३ मा किरण श्रेष्ठ प्रधान, २ मा चित्रबहादुर गुरुङ, ४ मा तारानाथ देवकोटालाई वडा कमिटिको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
बारपाक सुलीकोट गाउँ पालिकामा सम्पन्न वडा अधिवेशनले वडा नं. १ मा नरेश घले, २ मा वासिन घले (पासाङ), ६ मा धनप्रसाद गुरुङ, ७ मा नारायण श्रेष्ठ, ८ मा खिलप्रसाद पनेरु को अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
कतिपय वडाको अधिवेशन विशेष कारणले शनिबार हुन नसकेकाले आइतबार र सोमबार सम्पन्न गर्ने एमाले जिल्ला कमिटीको कार्यालयले जनाएको छ ।




