| सोमवार, कार्तिक २३, २०८३

एमालेको गोनपा ६ र १०, अजीरकोट ५, शहीद लखन ५ र ७ को अधिवेशन सम्पन्न


१० औँ महाधिवेशन अन्तर्गत नेकपा एमाले गोरखा नगरपालिका वडा नं. ६ र वडा नं. १० को अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनले वडा नं. ६ को अध्यक्षमा तुला दानीलाई चयन गरेको छ । उपाध्यक्षमा शिवहरि न्यौपाने र सचिवमा जानुका श्रेष्ठलाई चयन गरेको छ ।


त्यस्तै वडा नं. १० को अधिवेशनले भूरमण घिमिरेको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा चन्द्रबहादुर खड्का, सचिवमा तुलमान तामाङ र उपसचिवहरुमा वीरबहादुर राना र गरिमा सुनार चयन भएका छन् ।


त्यस्तै शुक्रबार सम्पन्न वडा अधिवेशनले शर्मिला थापाको अध्यक्षता अनेमसंघ गठन गरेको छ । प्रयु भट्टको अध्यक्षतामा युवा संघ गठन गरेको देवीबहादुर बस्नेतले जानकारी दिए ।


त्यस्तै शहीदलखन गाउँपालिका ५ मा सम्पन्न वडाअधिवेशनले राजन थापाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । शहीदलखन ७ मा अर्जुन श्रेष्ठको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कमला श्रेष्ठ र सचिवमा ज्ञामबहादुर विक चयन भएका छन् ।


त्यस्तै शुक्रबार अजीरकोट ५ मुच्चोकमा सम्पन्न वडाअधिवेशनले क्षेत्रबहादुर मगरको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


बाँकी वडाहरुको अधिवेशन शनिबार एकसाथ गर्ने कार्यक्रम रहेको जिल्ला कमिटीका सचिव कृष्ण नेपालीले जानकारी दिए । शनिबार जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको उनले बताए । त्यस्तै आउँदो मंगलबार पालिका कमिटीहरुको अधिवेशन हुदैछ ।


मंसीर दोस्रो साता राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको एमालेले त्यसअघि राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । सो का लागि निर्वाचन हुने भए पनि निर्वाचन मिति भने तय नभइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्