
गोरखाका माओवादी नेताद्वय श्रेष्ठ र अधिकारीले सम्हाले दुई बिभागको नेतृत्व
नेकपा(माओवादी केन्द्र)ले पार्र्टीका विभिन्न विभागलाई पूणर्ता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठानलाई पूणर्ता दिएको हो ।
सो क्रममा गोरखाका दुई नेताले दुई विभागको नेतृत्व सम्हालेका छन् । नेता नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ भने हरिराज अधिकारीलाई भौतिक पूर्वाधार विभागको जिम्मेवारी दिइएको छ ।
त्यस्तै अर्थ तथा योजना विभागमा वर्षमान पुन, संगठन विभागमा जनार्दन शर्मा, प्रचार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, विपद् व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागको नेतृत्वमा वामदेव क्षेत्रीलाई तोकिएको छ ।
त्यस्तै कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागमा मात्रिका यादव, कोष तथा आर्थिक विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी विभागमा विना मगर, जलस्रोत तथा ऊर्जामा लिलामणि पोखरेल र निर्वाचन विभागमा खिमलाल देवकोटालाई तोकिएको छ । त्यस्तै कानुन विभागमा मुक्ति प्रधान, पर्यटन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभागान पर्शुराम तामाङ, पार्टी स्कुल विभागमा गिरिराजमणि पोखरेल, पुस्तकालय तथा अभिलेखमा नारायणप्रसाद शर्मा र युवा तथा खेलकुद विभागमा गणेशमान पुनलाई नेतृत्व तोकिएको छ । राजकीय मामिला विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरणमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, शिक्षा तथा मानवस्रोत विभागमा मायाप्रसाद शर्मा,श्रम तथा रोजगार विभागको नेतृत्वमा रामेश्वर राय यादवलाई तोकिएको छ ।
संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला र नीति अध्ययन प्रतिष्ठानमा रामचन्द्र झालाई नेतृत्व तोकिएको छ ।




