
डेढ करोड ठगेर भागे घ्याच्चोकका जीवन
दरौंदी ः हङकङ लैजाने प्रभोलन देखाएर बिभिन्न ठाउँका २७ जनाबाट डेढ करोड रुपैँया ठगी गर्ने गोरखा घ्याच्चोकका जीवन गुरुङ फरार भएका छन् । लम्जुङकी सञ्चिता गुरुङको सम्पर्कमा जीवनले पिडीतहरुलाई भारतको दिल्ली पु¥याएर फरार भएका हुन् । पिडीतहरुबाट गुरुङले ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर दिल्ली पु¥याई फरार भएको पिडीतहरुले जानकारी दिए ।
रोजगारीका लागि हङकङ लगिदिने भन्दै उनीहरुबाट एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगि गरेको पिडीत पक्षले दाबी गरे । हङकङ पुगेपछि राम्रो आम्दानी हुने आशामा लम्जुङका यमबहादुर गुरुङ, कास्की पोखरा का मिलन गुरुङ र लक्ष्य गुरुङ लगायतका २७ जना युवाहरु ठगिएका छन् । ‘लम्जुङको दोर्दी गाउँपालिका ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङकङ लैजान्छु भनेर रकम लिएकी थिइन्’ यमबहादुर भने, ‘त्यसपछि हामी लाई भारतको दिल्लीमा पु¥याए ।
जहाँ गोरखा घर भएका जीवन गुरुङले हामीलाई पिकअप गरेर होटेलमा लगेर राखे ।’उनले आफुलाई टेलिफोनमा बिभिन्न धम्की दिएको यमबहादुरले बताए । जीवन नेपाल आर्मीका पेन्सन वाला रहेको स्रोतको दाबी छ । आफुहरुलाई धम्की दिएपछि फसिँदै छ भन्ने शंका लागेर आवाज उठाएपछि सबै जोगिएर नेपाल फर्किएको उनको भनाई छ । उनका अनुसार सञ्चिता र सुमन रनपाल झापाबाट फरार भएपनि जीवन दिल्लीबाटै फरार भएका
हुन । ‘




