
दुई तोला सुन र दुई लाख भन्दा बढि नगद चोरी गर्ने बारपाक सुलिकोटका एक युबक पक्राउ
चोरी गरेको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ बस्ने २५ वर्षिय राजन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले स्थानीय कुलबहादुर सार्कीको घरबाट दुई लाख १२ हजार नगद, दुई तोला सुनको गहना चोरी गरेको प्रहरीले जनाएको छ । घटनापछि काठमाण्डौँमा लुकेर बस्दै आएका परियारलाई सादा पोशाकमा प्रहरी परिचालन गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
नकबजनी चोरी शिर्षकमा मुद्धा दर्ता गरी परियारलाई अनुसन्धानको क्रममा हिरासतमा राखिएको छ ।




