| सोमवार, कार्तिक २३, २०८३

ब्रेक फेल भएको जीप भित्तामा ठोक्काउँदा तीन गम्भीर घाइते

ब्रेक फेल भएको जीप भित्तामा ठोक्काउँदा गोरखामा तीन जना गम्भीर घाइते भएका छन् । १२ जना सामान्य घाइते भएका छन् ।


गण्डकी गाउँपालिका ४ फुजेलबाट धादिङको बेनिघाटतर्फ गइरहेको ना ४ च ७७३८ नम्बरको बोलेरो जीप मंगलबार बिहान करिब १० बजे घ्याल्चोकटार कुनागाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी फुजेलकी २१ बर्षकी प्रतिमा पोखरेल, सोही ठाउँका २० बर्षका सुनिल थापा र गण्डकी ५ दर्बुङ माइत र चितवन घर भएकी ४४ बर्षकी सुष्मा श्रेष्ठ घाइते भएका हुन् ।


उनीहरु तीनैजनालाई उपचारका लागि वीरअस्पतालको ट्रमा सेण्टरमा लगिएको स्थानीय प्रहरी चौकीका प्रसनि किरण बस्नेतले जानकारी दिए ।


ओह्रालो बाटोमा कुदिरहेको जीपको ब्रेक फेल भएपछि चालकले ठूलो दुर्घटनाबाट जोगाउन भित्तामा ठोक्काएका प्रहरीले जनाएको छ ।


५ जना सिट क्षमताको नीजि नंबरप्लेटको सो जीपमा १५ जनाले यात्रा गरिरहेका थिए । अन्य सामान्य घाइतेको पृथ्वीराजमार्गस्थित स्वास्थ्य संस्थामा सामान्य उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्