
आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
सरकारले आज मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।
गोरखाका मुस्लिम समुदायले पनि मोहम्मद जयन्ती मनाउँदैछन् । गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका, सिरानचोक, गण्डकी आरुघाट लगायत ठाउँमा मुस्लिम समुदायका बाक्लो बस्ती छ ।




