| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ब्यारेकभित्रका १२ सैनिकलाई कोरोना पुष्टि

नेपाली सेनाको गोरखास्थित ब्यारेकभित्र रहेका १२ जनामा कोरोना पुष्टि भएको छ । हालै भारतीय सेनासँगको संयुक्त तालिम सकेर फर्केका रिपुमर्दन गणभित्र रहेका सैनिकमा कोरोना पुष्टि भएको हो ।


गोरखा अस्पतालमा बिहिबार भारतबाट फर्केका ८० जना सैनिकमा गरिएको एण्टिजेन परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको गोरखा अस्पतालले जनाएको छ ।


यससँगै गोरखा जिल्लाभित्र बिहीबार साँझसम्म ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्