
गोरखा बजारको ३५ वटा पसलहरुमा अनुगमन
बुधबार गोरखा बजारमा रहेका ३५ वटा पसलहरुमा बजार अनुगमन टोलीद्वारा बजार अनुगमन गरिएको छ । बजारमा रहेका सबै खाले कस्मेटिक, औषधी, किराना, फेन्सी र हार्डवयर लगायतका पसलहरुमा उक्त टोलीले अनुगमन गरेको थियो ।

सहायक प्रशासन कार्यालय प्रमुखको मुख्य उपस्थितिमा भएको उक्त अनुगमनमा सबै पसलहरुमा ग्राहकहरुले देखिने गरी मूल्यसूची नटाँसिएको पाइएको घरेलु तथा साना उद्योगका प्रमुख सूर्य भुजेलले बताए । त्यस्तै केही पसलहरु बिना दर्ता तथा नविकरण नगरी चलाइरहेको पनि पाइएको उनले बताए ।

अर्कोचोटी अनुगमन आउँदा मूल्यसूची ग्राहकले देखिने गरी टासिएको र दर्ता तथा नवीकरण गरिएको नपाइएमा पसल नै बन्द गरिने चेतावनी दिइएको भुजेलले बताए ।





