| सोमवार, कार्तिक २३, २०८३

गोरखा कांग्रेसको मतगणना, उपसभापतिमा थापा, सचिवमा आले अगाडि

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । कुल खसेको १५१९ मतमध्य १३५१ मत गणना भइसकेको छ ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा कृष्ण आलेले अग्रता लिएका छन् ।

अहिले पाँच बजेसम्मको अपडेट अनुसार धिरन थापाले सर्वाधिक ८९५ मत प्राप्त गरेका छन् । सिपी पोखरेलले ४६१, इमानसिँह बस्न्यातले ४६४, रविकला खनालले ४३३ र हरि गान्धारीले ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदका लागि भएको मतगणनामा कृष्ण आलेले ६०१ मत प्राप्त गरेका छन् । अर्का किशोरजंग थापाले ५८० मत प्राप्त गरेका छन् । ओमबहादुर गुरुङले ४१८ मत, तारानाथ पुडासैनीले ३३३ र राम भण्डारीले २८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सहसचिवमा भएको मतगणनामा लुमनाथ लामिछानेले सर्वाधिक ५९८ मत प्राप्त गरेका छन् । गगन अधिकारीले ३२५, कमल प्रसाद अम्गाईले २६०, मानप्रसाद धितालले२६०, दीपक हमालले २१४, कमल अम्गाईले २४३, भेजराज पाण्डेले २०० र विश्व भट्टले २५६ र रामशरण आचार्यले ९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्