
उप सभापति, सचिव, सह सचिव र सदस्यहरुमा चुनाव हुने
सभापति सर्वसम्मत चयन भएपनि कांग्रेस जिल्ला कार्यसमितिका अन्य पदमा भने आज मतदान हुने भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार सभापति सर्वसम्मत भएको छ भने उप सभापतिमा पाँच जना, सचिवमा पाँच जना, सह सचिवमा आठ जनाको उम्मेदवारी भएको छ ।
उप सभापतिमा इमानसिंह बस्नेत, धिरन थापा, रविकला खनाल, सिपी पोखरेल र हरीबहादुर गान्धरीले उम्मेदवारी दिएका छन् । सचिव पदमा किशोरजंग थापा, ओम गुरुङ, कृष्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनीले उम्मेदवारी दिएका छन् ।
सभापति सचिव र सह सचिव दुई÷दुई जना आवश्यक पर्छ । यी पदमा मंगलवार बिहान ८ बजेबाट मतदान हुने नेपाली कांग्रेस जिल्ला पार्टीले जनाएको छ ।




