| मङ्लबार, कार्तिक २४, २०८३

नेप्से परिसूचक ५६ अंकले घट्दा यी कम्पनीकाे शेयरमूल्य भने बढ्यो

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आइतबार उल्लास देखिएन ।

५२ हजार ३९१ कारोबार हुँदा हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य भन बढेको छ ।

हेर्नुस् धेरै मूल्य बढ्ने ५ कम्पनीहरुः

क्र.सं.कम्पनीको नामबढेको मूल्य (रु.)बढेपछिको मूल्य (रु.)
१.मैलुङ खोला जलविद्युत् कम्पनी२९.९७३२५.४०
२.स्वाभिमान लघुवित्त१४१.६०२४८१.६०
३.सबैको लघुवित्त वित्तीय संस्था३५१७१५
४.प्रिमियर इन्स्यारेन्स कम्पनी१७९९८
५.माउन्टेन इनर्जी नेपाल१७११०४
प्रतिक्रिया दिनुहोस्