| सोमवार, कार्तिक २३, २०८३

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

पूर्व घोषित पारिश्रमिक नबढाइदिएकोप्रति विद्यालय कर्मचारीहरुको आपत्ति


बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक नबढाइदिएकोप्रति गोरखा नगरपालिकाका विद्यालय कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

नगरपालिकाकालाई एक ध्यानाकर्षण पत्र लेख्दै विद्यालय कर्मचारीहरुले बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक वृद्धि गरिदिन माग गरेका हुन् ।


विभिन्न १३ वटा विद्यालयका कर्मचारीहरुद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रमा नीतिगत तथा मानवीय श्रम शोषण नगर्न आग्रह गरिएको छ ।

‘कार्यालय सहायक, सहयोगी तथा बाल सहयोगी कार्यकर्ताहरुको थप सुविधाको सम्बन्धमा नेपाल सरकारबाट स्वीकृत भएअनुसार केही पालिकाहरुले स ोही निर्णयको आधारमा सुविधा थप गरी पारिश्रमिक निकासा गरेको र बाँकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको सन्दर्भमा गोरखा नगरपालिकाको शिक्षा शाखामार्फत माग फाराम भर्ने सन्दर्भमा प्रशारित सूचनालाई आधार मान्दा कुनै पनि थप रकम पालिकाबाट थप गर्न नसकिने भन्ने विषयले हामीलाई मर्माहत बनाएको छ’, सो ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘साथै हामीमा जिज्ञासा पनि उठेको छ कि हामीलाई थप सुविधा दिने सन्दर्भमा किन यति धेरै कञ्जुस्याईँ गरिएको हो ? यस व्यहोरालाई मध्यनजर गरी विधिको शासन र नीतिको कार्यान्वयनलाई सार्थक बनाउन कम्तिमा श्रमऐन अनुसार पारिश्रमिक दिन अनुरोध छ ।’

व्यवस्था थुप्रैपटक परिवर्तन भएपनि आफूहरुको समस्या भने ज्यूँका त्यूँ रहेको भन्दै आन्दोलनमा जान बाध्य नपार्न सो पत्रमार्फत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्