| सोमवार, कार्तिक २३, २०८३

चुम्चेतको २७० घरधुरीका लागि १४४ बोरा चामल ढुवानी

लामो समयदेखि चामल लगायतका खाद्यान्न अभाव झेलिरहेको चुम्चेतका लागि १४४ बोरा चामल पुर्‍याइएको छ । गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार ३४ क्वीण्टल चामल चुम्चेत पुर्‍याएको हो ।


२७० घरधुरी रहेको चुम्चेतका लागि १४४ बोरा मात्र चामल पुर्‍याइएको हो ।


खाद्यान्नको चरम अभाव रहेको छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दालाई भने अझै पनि चामल ढुवानी गरिएको छैन । मौसम प्रतिकुल रहेकोले छेकम्पारका लागि ढुवानी कार्यक्रम स्थगित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।


चुम्चेत पुगेको सो चामल स्थानीयबासीले प्रति बोरा एकहजार पाँचसय रुपैयाँ तिरेर किन्न पाउने व्यबस्था छ ।


हालका लागि चुम्चेतलाई दुई खेप र छेकम्पारका लागि तीन खेप चामल ढुवानी गर्न लागिएको हो । सो चामल प्रतिघर एकेक बोरा पनि चामल नपुग्ने भएको छ । लामो प्रतिक्षापछि पाएको चामल प्रत्येक घरले एकेक बोरा पनि नपाउने भएपछि स्थानीयबासी भने खुशी छैनन् ।

प्रतिक्रिया दिनुहोस्