| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कांग्रेसको अधिवेशन : तीनवटा प्रदेश क्षेत्रमा मतदान हुँदै

नेपाली कांग्रेस गोरखाको प्रदेश क्षेत्र अधिवेशन चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ २ को ‘क’ र ‘ख’ मा मतदान हुँदैछ । १ को ‘ख’ मा ठाकुर भट्टको सभापतित्वमा सर्वसम्मत समिति चयन भएको मतदान अधिकृत कृष्णराज पन्तले बताए ।

गोरखा १ ‘क’ मा गण्डकी गाउँपालिकाका उत्तम अधिकारी, शहीदलखन गाउँपालिकाका खुन प्रसाद रेग्मी र गोरखा नगरपालिकाका काजिराम अधिकारीले उमेद्धवारी दिएका छन् । कांग्रेस पार्टी कार्यालय तिनधारेमा मतदान सुरु भएको छ ।

क्षेत्र नम्बर २ को ‘क’ मा पालुङटारका नारायण गुरुङ र गोरखा नगरपालिकाका भानु थापाको उमेद्धवारी दर्ता भएको छ । उप सभापति, सचिव पदमा पनि मतदान हुँदैछ ।

क्षेत्र नम्बर २ को ‘ख’ मा सिरानचोक गाउँपालिकाका सिजर भट्ट र बारपाक सुलिकोट गाउँपालिकाका दिनेश खनखवासले सभापतिमा दावी गरेपछि मतदान भईरहेको छ । त्यहाँ अन्य पदमा पनि चुनाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्