| मङ्लबार, कार्तिक २४, २०८३

सामागाउँका स्थानीयबासीद्वारा पहिलो पटक मनास्लुको सफल आरोहण


सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले आफ्नै गाउँको विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । स्थानीयबासीको हैसियतमा चुमनुब्री गाउँपालिका १ मा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल उनीहरुले पहिलो पटक मनास्लु आरोहण गरेका हुन् ।


उनीहरु दुबैले बिनाअक्सिजन मनास्लु आरोहण गरेका स्थानीय धार्के लामाले जानकारी दिए ।


३७ बर्षका मिङ्मार सोही वडाको वडासदस्य हुन् । २१ बर्षकी डिकीले स्थानीय पोशाकमै मनास्लुको चुचुरोमा पुगेकी थिइन् । नुब्रीमा प्रचलित पोशाक(छुपा) लगाएर मनास्लुको शिखर टेकेकी आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्