
८० लाख लगानीमा आँबुखैरेनीमा पहिलो फुटसल
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ पाउरोटी भण्डार, हमालचोक नजिकै आँबुखैरेनी फुटसल संचालनमा आएको छ ।
आँबुखैरेनीका युवा ब्यवशायी प्रबिण राना र प्रताप कार्कीले ८० लाख रुपैयाँ लगानी गरेर फुटसल संचालनमा ल्याएका हुन् ।
२० वाई ३० बर्गमिटर क्षेत्रफल फराकिलो उक्त फुटसल आँबुखैरेनीको पहिलो भएको संचालन मध्येका एक प्रताप कार्कीले बताए । ‘स्वास्थ्य ठूलो कुरा हो, निरोगी बन्नुका साथै खेलकुदले तन्दुरुस्त बनाउने भएकाले हामीले फुटसल बनाएका हौँ’, कार्कीले भने । आँबुखैरेनीमा पहिलो भएकाले फुटसल चल्ने दावी उनको छ ।

त्यहाँ फाएभ ए साईड फुटबल खेल्न मिल्छ । बिहान र बेलुकी प्रतिघण्टा एक हजार पाँच सय र दिउँसो एक हजार रुपैयाँमा खेल्न दिईनेछ । एक वर्ष समयमा उक्त फुटसल निर्माण गरिएको उनले बताए । प्राविधिक पुष्प श्रेष्ठले त्यसको डिजाईन गरेका हुन् ।
घाम पानीको प्रभाव खेलमा नपर्ने र जुनसुकै बेला पनि खेल्न सकिने अर्का संचालक प्रबिन रानाले बताए । युवाहरुको क्रेज र स्वास्थ्य प्रति चासो बढेकाले फुटसलले स्वस्थ रहन मद्धत पुग्ने अपेक्षाले संचालन गरिएको उनले बताए ।





