| सोमवार, कार्तिक २३, २०८३

गोरखाको नगर सभापतिमा खत्री र पालुङ्टारको सभापतिमा ढकाल

नेपाली कांग्रेसको गोरखा नगरसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । कूल सदरमत एक सय ६३ मध्य एक सय ५१ मत प्राप्त गरी खत्री निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी डिलबहादुर थापाले एक सय सात मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसभापतिहरुमा विसेश्वर श्रेष्ठ र मित्र परियार निर्वाचित भएका छन् । उनीहरुले क्रमश ः एक सय ७८ र एक सय ४१ मत प्राप्त गरेका थिए ।


त्यस्तै नगरसचिवमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरुले क्रमशः एक सय ९१ र एक सय १७ मत प्राप्त गरेका छन् ।


त्यस्तै सहसचिवहरुमा विष्णु थापा मगर र खिलबहादुर कुवँर निर्वाचित भएका छन् भने कोषाध्यक्ष भने नगरसमितिले पछि मनोनित गर्ने प्रावधान छ ।


त्यस्तै पालुङ्टार नगरसमितिको सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । कूल सदरमत मध्य एक सय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए ।


त्यस्तै उपसभापतिहरुमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् । त्यस्तै नगरसचिवमा किरण गिरी र मानबहादुर पाण्डे निर्वाचित भएका छन् । उनीहरुले क्रमशः एक सय ४१ र ८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै सहसचिवहरुमा कुमार श्रेष्ठ र सुनिता थापा सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्