
निजी प्रयोजनका सवारीले यात्रु बोकेको भन्दै ब्यवशायी आन्दोलित
निजी प्रयोजनका लागि लिइएका रातो प्लेटको सवारी साधनहरुले यात्रु ओसार पोसार गरेको बिरोधमा ब्यवशायी आन्दोलित भएका छन् ।
गोरखामा ट्याक्सी सेवा दिँदै आएको गोरखा मनकामना यातायात सेवा प्रालीमा आवद्ध कालो प्लेटका सवारी संचालकहरु आन्दोलित भएका हुन ।

‘प्रशासन, प्रहरी, ट्राफिकलाई पनि बारम्बार यो विषयमा जानकारी गराएका हौँ’ मनकामना यातायात सेवा प्रालीका अध्यक्ष सुरेन लामिछानेले भने ‘हाम्रो माग सुनुवाई भएन ।’ कोरोनाका कारण लामो समय बन्द भएको ब्यवशाय अहिले भर्खरै सुरु हुँदा प्रयोजन बिपरितका निजी सवारीले अझै धारासायी बनाउने अवस्था सिर्जना भएको उनले बताए ।
मनकामना यातायात सेवा प्रालीले आफु मतहतका ट्याक्सीमा ‘रातो प्लेट भाडाको गाडी होईन, यात्रु बोक्न पाईँदैन, प्रयोजन बिपरित यात्रु बोक्नेलाई कारवाही गर, भन्ने पत्र टाँसेका छन् । गोरखाको बाह«किलो, घ्याम्पेशाल चोक, बसपार्क लगायतका क्षेत्रबाट रातो प्लेटका सवारी साधनले खुलमखुल्ला प्रयोजन बिपरित यात्रु बोक्ने गरेका छन् ।

यातायात ब्यबस्था कार्यालय कास्कीले रुट जारी भएका सवारी साधनले कानुनी प्रक्रिया पुरा गरेर कालो प्लेट मात्र भाडामा चल्न पाउने र रातो प्लेट नपाउने बताउँदै सुचना जारी गरेको छ । गोरखामा भने प्रशासनले चासो नदिएको आरोप ब्यवशायीको छ ।
माग पुरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुने मनकामना सेवा प्रालीका अध्यक्ष लामिछानेले बताए ।





