| मङ्लबार, कार्तिक २४, २०८३

संविधान दिबसको अवसरमा गोरखामा चार कैदीबन्दी रिहा

संविधान दिबसको अवसरमा सरकारले कैदीबन्दीलाई रिहा गर्ने क्रममा गोरखा कारागारमा रहेका चार जना आईतवार छुटेका छन् । अधिकासं समय सजाया भुक्तान गरिसकेका उनीहरु कारागारबाट छुटेका कार्यालय प्रमुख गणेशप्रसाद भट्टराईले बताए ।


छुट्नेहरुमा बहुबिबाह मुद्धामा सजाया खेपिरहेका गोरखा नगरपालिका १४ का राजेन्द्र परियार छन् । उनलाई एक वर्ष कैद सजाया तोकिएकोमा ११ महिना २१ दिन भुक्तान गरिसकेका थिए ।


पालुङटार ७ का बिष्णुबहादुर कुमाल बहुबिबाह मुद्धामा एक वर्ष सजाया भुक्तानका लागि कारागारमा थिए । छ महिना छ दिन गुजारिसकेका उनी संविधान दिबसको अवसरमा छुटेका छन् ।


चुमनुब्री गाउँपालिका ६ का नाङ्क्पाडुण्डुप लामा कर्तब्य ज्यान मुद्धामा सजाया खेपिरहेका थिए । अदालतले उनलाई २० वर्ष कैद तोकेको थियो । १० वर्ष तीन महिना कैद भुक्तान गरेका उनले बाँकी सजाया माफि पाएका छन् ।


सवारी ज्यान मुद्धामा कारागारमा रहेको मकवानपुरका सुमन थापा मगरलाई अदालतले तीन वर्ष सजाया तोकेको थियो । उनले दुई वर्ष तीन महिना भुक्तानी गरिसकेका थिए । उनी पनि रिहा भएका छन् ।


नेपाल सरकारले जवरजस्ती करणी, मानव बेचबिखन, राजस्व चुवावट, लागु औषध बाहेकका मुद्धामा लामो समय सजाया भुक्तान गरेकालाई संविधान दिबसको अवसरमा माफि दिने गरेको छ । सोही क्रममा गोरखामा चार जनाले बाँकी सजाया माफि पाएका हुन् ।


कारागार गोरखाले नौ जनाको सिफारिस पठाएको भएपनि चार जनाको मात्र रिहाका लागि निर्णय आएको जनाएको छ ।
यस्तै जिल्ला अदालत गोरखाले आईतवार नै तीन जनाको मुद्धा फैसला गरेको छ ।

कारागारमा रहेका तीन जना पनि रिहा भएका छन् । लागु औषध र सवारी ज्यान मुद्धका नारायण योगी, रबिन खत्री, डिलबहादुर खत्री अदालतको फैसलापछि रिहा भएका हुन् ।
अहिले गोरखा कारागारमा एक सय एक जना कैदीबन्दी मध्ये ९५ जना पुरुष र छ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्