| सोमवार, कार्तिक २३, २०८३

संविधान दिवसमा गोरखाका पाँचजनाले पाए विभूषण


यसबर्षको संविधान दिवसमा गोरखाका पाँचजनालाई विभिन्न विभूषण, मानपद्वी तथा पदक प्रदान गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाका तीनजना राजनीतिकर्मीलाई मरणोपरान्त र दुईजनालाई पदक तथा मानपद्वी प्रदान गरेकी हुन् ।


राष्ट्रपतिले स्वर्गीय सुरेश वाग्ले प्रसिद्ध प्रवल जनसेवाश्रीले विभूषित गरेकी छिन् । त्यस्तै स्वर्गीय कमला भट्ट, स्वर्गीय दलसिँह कामी र मेदिनीबहादुर लामिछानेलाई प्रवल जनसेवाश्री पदकले विभूषित गरेकी छन् ।


त्यस्तै मोहनलाल श्रेष्ठलाई सनसेवा श्री पदकद्वारा विभूषित गरेकी हुन् ।


मरणोपरान्त विभूषित वाग्ले र भट्ट माओवादी जनयुद्ध कालमा नेपाली सेनाको कारबाहीबाट सहादत प्राप्त गरेका माओवादी नेता थिए । स्वर्गीय कामी पूर्व राष्ट्रिय सभाका सदस्य रहेका कांग्रेसका नेता थिए ।


मोहनलाल श्रेष्ठ गोरखा नगरपालिका ६ का समाजसेवी हुन् भने लामिछाने भीमसेनथापा गाउँपालिका ३ का शिक्षासेवी हुन् ।

प्रतिक्रिया दिनुहोस्